Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्लाको संक्षिप्त परिचय

2075-08-19

2075-08-19


solu_map.jpg तस्बिर : सोलुखुम्बु जिल्ला

सोलुखुम्बु जिल्ला सगरमाथा अञ्चलको हिमाली भागमा पर्दछ । यस जिल्लाले सोलु (तल्लो भू–भाग) र खुम्बु (माथिल्लो भू–भाग) क्षेत्रलाई समेट्छ । जिल्लाको सदरमुकाम सोलुदुधकुण्ड नगरपालिकामा अवस्थित छ । यस जिल्लाको तल्लो भु–भागमा आदिवासी जनजाति राईहरुको वस्ती र क्षेत्रीहरु मुख्य रुपमा बस्छन् भने उच्च पहाडी (हिमाल) क्षेत्रमा शेर्पाहरु बसोवास गर्दछन् । जिल्लामा सडक बाटो ओखलढुंगा हुँदै सल्लेरी सदरमुकामसम्म विगत ६ वर्ष अगाडिदेखि जोडिएको छ ।

       यस जिल्लाभित्र साविक तिङला, सल्यान, नेचावतासे, नेचावेतघारी, नेले, काँगेल, केरुङ्ग, टाप्टिङ्ग, टाक्सिन्दु, पञ्चन, देउसा, मुक्ली, वासा, काँकु गा.वि.स.हरुमा कच्ची मोटरबाटो पुगेको छ ।

१.१. जिल्लाको भौगोलिक अवस्था (संक्षिप्त रुपमा)

क) भौगोलिक अवस्था

       विश्वको सबैभन्दा अग्लो भू–भाग सगरमाथा (८८४८ मिटर) देखि नेचाबेतघारी गाविसको तुइन्टार (६०० मिटर) उचाइको भू–भाग यसै जिल्लामा पर्दछ । विभिन्न उच्च पर्वतीय हिमश्रृंखला, डाँडा, पाखा–पखेरा, खोंच, बेंशी, खोल्सा, खोल्सी, ताल तलैया, वौद्ध–संस्कृति, ३ जातका सल्ला, जडीबुटीको खानी, यती जस्ता दुर्लभ वन्यजन्तु तथा अति दुर्लभ वौद्ध सांस्कृतिक संपदाको धनी यो जिल्ला नेपाल राज्यको दुर्गम जिल्लाहरुमध्येमा पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल ३३१२ वर्ग कि.मि. (के.त.बि. २०६८) अर्थात् ३,३९,७७६ हेक्टर रहेको छ । यस मध्ये उच्च हिमाली क्षेत्र १९२५११ हेक्टर (५६.६६%), उच्च पहाडी क्षेत्र १४४४६४ हेक्टर (४२.५१%) र मध्य पहाडी क्षेत्र २८०१ (०.८२%) रहेको छ । यो जिल्ला २७ड्ढ२०’३९” उत्तरी अक्षांशदेखि २८ड्ढ६’२४” उत्तर सम्म र ८५ड्ढ०’२१” पूर्वी देशान्तरदेखि ८७ड्ढ०’१” पूर्वसम्म फैलिएर रहेको छ । यसको उत्तरमा रहेको खुम्बु क्षेत्र र दक्षिणमा रहेको नेचा तल्लो भागको उचाइमा निकै ठूलो अन्तर रहेको छ ।

ख) जिल्लाको सीमाना

       यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा, पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङ्गा र खोटाङ्ग जिल्लाहरु पर्दछन् ।

ग) राजनैतिक एवं प्रशासनिक विभाजन

       यस जिल्ला १ नगरपालिका, ७ गाउँपालिका र १ संसदीय निर्वाचन क्षेत्रमा विभक्त रहेको छ ।

घ) नदीनाला र तालतलैयाहरु

       यस जिल्लामा दूधकोशी नदी, इङ्खु खोला, लिखु खोला, बेनी खोला, हुँगा खोला, लोदिङ्ग खोला, सोलु खोला, भोटेकोशी र खहरे खोला जस्ता ठूला–साना नदीहरु निरन्तर बग्ने गर्दछन् । प्रमुख कुण्ड तथा पोखरीहरु गोक्यो, इम्जा, दूधकुण्ड, साल्पापोखरी, पाँच पोखरी, भुत पोखरी, सुकेपोखरी, जालिमपोखरी पर्दछन् ।

 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 15:41:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु .